मन्दिरा अधिकारी
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक हुन्– डा.अनुपराज बाँस्तोला। अस्पतालमा कुरा गर्न बिहीबार बिहान अस्पताल पुग्दा उनी स्वयम् रुघाखोकीले ग्रस्त थिए।
गर्मी मौसम सकिएर जाडो लाग्नै थालेको अहिलेको समयमा राजधानी काठमाडौंसहित नेपालभरि भाइरल ज्वरो फैलिएको छ। गर्मीबाट जाडो लाग्दा वा जाडो सकिएर गर्मी लाग्ने बेला। प्रत्येक मौसम परिवर्तनको समयमा एक प्रकारको ‘फ्लु’ देखा पर्छ । यो समान्य रुघा–खोकीदेखि डेंगुका भाइरस हुन सक्छन।
आफैँ भाइरलबाट प्रभावित डाक्टर बास्तोलासँग भाइरल ज्वरोबारे बिएल नेपाली सेवाका लागि मन्दिरा अधिकारीले गरेको संवाद।
कोरोना महामारी नसकिँदै अहिले राजधानीमा भाइरल ज्वरो एकदमै फैलिएको छ। यो के हो ? यसका लक्षणहरु कस्ता हुन्छन् ?
विभिन्न मौसममा विभिन्न किसिमका सङ्क्रमण देखिन्छन्। मुख्यगरी अहिलेको समयमा रुघा–खोकीका बिरामीहरु देखिएका छन्। जसलाई हामी ‘इन्फ्लुएञ्जा’ को रुपमा लिन्छौँ। यस वर्ष पनि ‘इन्फ्लुएञ्जा’ का बिरामीहरु बढ्न थालेका छन्। जुन अघिल्लो वर्षहरुमा कम थिए। ‘इन्फ्लुएञ्जा’ हुँदा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने, सुख्खा खोकी लाग्नेजस्ता लक्षणहरु देखिन्छन तर यी लक्षणहरु कोही दिनमा निको हुने गर्छन्। यो एक प्रकारको मौसमी रुघाखोकी हो। मौसम परिवर्तनका कारण चिसोको कारण एलर्जीका कारण धूलोका कारण देखा पर्ने फ्लु हो।
‘इन्फ्लुएञ्जा’ अर्थात् मौसमी रुघाखोकी कसरी सर्छ ?
समान्य कोरोना जसरी सर्छ, यो पनि त्यसरी नै सर्ने हो। हाच्छ्यूँ गर्दा, थुक्दा, सँगै बस्दा भाइरल ज्वरो सर्न जान्छ।
यो कस्तो प्रकारको भाइरल ज्वरो हो ? के यसले बिरामीको गम्भीर अवस्था पनि पैदा गर्छ?
यो मौसमी फ्लु हो। यसलाई हामी ‘इन्फ्लुएञ्जा’ भन्छौँ। यसमा ज्वरो आउने, घाँटी दुख्ने जस्ता समस्या देखा पर्छ तर वृद्ध–वद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुमा भने जटिल समस्या पनि उत्पन्न गर्नसक्छ। दीर्घरोग भएका व्यक्तिहरुमा भने बढी प्रभाव पर्छ। अन्य व्यक्तिहरुमा भने त्यति गम्भीर असर गर्दैन।
‘इन्फ्लुएञ्जा’ बाट जोगिन के गर्नुपर्छ?
यसबाट बच्न व्यक्तिहरुले खोप लगाउनुपर्ने हुन्छ। सामाजिक दूरी पालना गर्ने, स्यानेटाइज गर्ने, समय–समयमा हात धुने र तातो पानी पिउने गर्नुपर्छ।
‘इन्फ्लुएञ्जा’ विरुद्धको खोप नेपालमा उपलब्ध छ? कहाँ गएर लगाउने ?
नेपालको परिपक्षेपमा सरुवा रोगविरुद्ध सरकारको तर्फबाट उपलब्ध भइसकेको छैन। खोप लगाउन चाहानेहरुले निजी अस्पताल, जहा खोपका सुविधा छन्, त्यस ठाउँबाट लगाउन सकिन्छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया