शहीद आजादकाे गाउँमा तातेको राजनीतिक बहस

सिन्धुली कम्युनिष्टको पुरानै प्रभाव भएको जिल्ला मानिन्छ। अझ भिमान त शहीद ऋषि देवकोटा (आजाद) ले शहादत प्राप्त गरेको गाउँ। नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै नाउँ आउने क्षेत्र हो–  भिमान। यो शहीद आजादको  आधार क्षेत्र थियो।

भिमान बजारका चिया पसलहरूलाई समेत आजभोलि राजनीति लाग्न थालेको छ। तातेको छ– राजनीतिक बहस। देशको वर्तमान राजनीतिबारे छलफल हुने गरेका छन्–  चिया पसलहरूमा।

एउटा चिया पसलको दृश्य यस्तो देखियो– छलफलकाो केन्द्रबिन्दु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली थिए। अनि सहायक पात्र भने माधव नेपाल थिए। नेपालले एमाले छोडेर नयाँ पार्टी खोलेकोमा चिया पसलका बहसमा सहभागीको आक्रोश देखिन्थ्यो। शायद् उक्त पसलको बहसले समाजको प्रतिनिधित्व गर्थ्यो।

सिन्धुलीको कमलामाई नगरपालिकाका एक वडा सदस्य बाहेक सबैले एमाले अर्थात ओली  रोजेका छन्। जबकी मेयर खड्ग खत्री नै माधव समूहका थिए, तर खत्रीले माधवलाई साथ दिएनन्। एमालेमै बसे। यस विषयले पनि भिमान बजार यतिबेला तातेको छ।

भदौ ३१ गते बिहान भिमान बजारको एक चियापसल चिया खाइसकेर जनताका कुरा सुनिरहेका वडाध्यक्ष देवराज पौडेल र उद्यमी तथा एमालेका युवा नेता भरत पाेखरेलले पालैपालो जिज्ञासुहरूको जवाफ दिइरहेका थिए।

प्रकाशित मिति: : 2021-09-16 15:40:00

प्रतिकृया दिनुहोस्