बिएल संवाददाता
बेलायतका लागि चीनका राजदूतलाई संसदमा प्रतिबन्ध लगाइएको छ।
चीनले आफ्ना केही सांसदलाई बेइजिङ भ्रमणमा रोक लगाएको भन्दै राजदूतमाथि प्रतिबन्ध लगाइएको बेलायतले जनाएको छ।
चीनका राजदूत झेङ जीगुवाङ बुधबार हाउस अफ कमन्समा अल पार्टी ग्रुप्स (एपीजीएस) ले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। तर, चौतर्फी विरोधपछि तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होली र र माथिल्लो सदन हाउस अफ लर्डका सभामुख लर्ड म्याकफलले चीनका राजदूत संसदमा जान नपाउने बताएका हुन्।
सभामुखको निर्णयलाई चीनको दूतावासले ‘लाजमर्दो र कातर’ भन्दै यसले दुवै देशको स्वार्थलाई हानी गर्ने चेतावनी दिएको छ। दुई देशका सरकारबीच तनाव बढिरहेका बेला बेलायतले चीनका राजदूतमाथि संसद्मा प्रतिबन्ध लगाएको हो।
आफ्नो देशबारे भ्रम फैलाएको भन्दै मार्चमा चीनले बेलातका पाँचजना सांसदमाथि चीनका यात्रा प्रतिबन्ध लगाउनुका साथै उनीहरूको सम्पत्तिसमेत रोक्का गरेको थियो। सिन्जियाङ प्रान्तमा मानवअधिकार उल्लंघनमा संलग्न रहेको भन्दै बेलायतले केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि बेइजिङले पनि बेलायती सांसदमाथि चीन भ्रमणमा रोक लगाएको थियो।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया