बिएल संवाददाता
बेलायतका लागि चीनका राजदूतलाई संसदमा प्रतिबन्ध लगाइएको छ।
चीनले आफ्ना केही सांसदलाई बेइजिङ भ्रमणमा रोक लगाएको भन्दै राजदूतमाथि प्रतिबन्ध लगाइएको बेलायतले जनाएको छ।
चीनका राजदूत झेङ जीगुवाङ बुधबार हाउस अफ कमन्समा अल पार्टी ग्रुप्स (एपीजीएस) ले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। तर, चौतर्फी विरोधपछि तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होली र र माथिल्लो सदन हाउस अफ लर्डका सभामुख लर्ड म्याकफलले चीनका राजदूत संसदमा जान नपाउने बताएका हुन्।
सभामुखको निर्णयलाई चीनको दूतावासले ‘लाजमर्दो र कातर’ भन्दै यसले दुवै देशको स्वार्थलाई हानी गर्ने चेतावनी दिएको छ। दुई देशका सरकारबीच तनाव बढिरहेका बेला बेलायतले चीनका राजदूतमाथि संसद्मा प्रतिबन्ध लगाएको हो।
आफ्नो देशबारे भ्रम फैलाएको भन्दै मार्चमा चीनले बेलातका पाँचजना सांसदमाथि चीनका यात्रा प्रतिबन्ध लगाउनुका साथै उनीहरूको सम्पत्तिसमेत रोक्का गरेको थियो। सिन्जियाङ प्रान्तमा मानवअधिकार उल्लंघनमा संलग्न रहेको भन्दै बेलायतले केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि बेइजिङले पनि बेलायती सांसदमाथि चीन भ्रमणमा रोक लगाएको थियो।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया