गठबन्धनको बन्धक बनेको सरकार

अनलाइनखबर

काठमाडौं
file foto
file foto

 ‘प्रतिपक्ष कस्तो चल्ला हेर्दै गरौंला, सत्ता कसरी चल्छ भन्ने अब नेपाली जनताले हेर्छन्,’ दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा (३ साउनमा) नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भनेका थिए। उनको दावी थियो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको गल्ती वर्तमान सरकारबाट हुने छैन।

त्यसैदिन, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका थिए। उनलाई कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टी (जसपा) का ३२, नेकपा एमालेका २२ र राष्ट्रिय जनमोर्चाका १ सांसदले विश्वासको मत दिएका थिए।

७ जेठमा ओलीले भंग गरेको संसद् पुनर्स्थापना भएपछि २९ असारमा देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। अर्थात् देउवा प्रधानमन्त्री बनेको दुई महिना पूरा भएको छ। तर सत्तारूढ नेता रिजालको दावी जस्तो जनताले हेर्न लायक सरकार चलेन। ‘देश चलाउँछु भन्नेहरुले दुई महिना भइसक्दा मन्त्री समेत बनाउन सकेन। देश र जनताको पक्षमा काम गर्न सक्दैन भन्ने त यसैबाट प्रष्ट भयो’, एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन्।

वर्तमान सरकार टिकाउँदा संविधान र संसद् जोगिने तर्कसहित सत्तारूढ नेताहरू मन्त्रिपरिषद् विस्तार गर्न समय लगाइरहेका छन्। यो दुई महिनाको घटनाक्रमले पनि सरकारको पक्षमा बहुमत जुटाउनकै निम्ति मन्त्रिपरिषद् विस्तार नभएको पुष्टि हुन्छ।

 

प्रकाशित मिति: : 2021-09-14 21:03:00

प्रतिकृया दिनुहोस्