बढ्यो सुनचाँदीको मूल्य

File photo
File photo

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कारोबार पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो। आज तोलामा सुनको मूल्य ३ सयले वृद्धि भइ प्रतितोला सुन ९० हजार ६ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ।

महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला चाँदीको मूल्य ११ सय ९५ रहेको थियो भने आज मूल्य बढि १२ सय रहेको छ।

प्रकाशित मिति: : 2021-09-13 11:49:00

प्रतिकृया दिनुहोस्