तालिवानले भन्यो– महिला कर्मचारी घरमै बस्नू, पुरुष कर्मचारी काममा नफर्किए बर्खास्ती

news.cgtn
news.cgtn

अफगानिस्तानमा तालिवान सरकारले महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ। ‘अनुकूल वातावरण नहुन्जेल’ भन्दै तालिवानले अर्थमन्त्रालयका महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको हो। तर, पुरुष कर्मचारीलाई भने काममा फर्किन भनिएको छ।

पुरुष कर्मचारी काममा नफर्किए उनीहरुलाई जागिरबाट निस्कासन गर्ने चेतावनी दिएको छ। एक तथ्यांकअनुसार अफगानिस्तानमा ४ लाख सरकारी कर्मचारी छन्। ती मध्ये एक लाख २० हजार महिला छन्। अधिकांश महिला कर्मचारी शिक्षा क्षेत्रमा छन्। त्यस्तै, करिब ५ हजार महिला कर्मचारी सुरक्षा क्षेत्रमा छन्।

यसैबीच, तालिवानले अफगान राष्ट्रपतिको कार्यलयमा आफ्नो झण्डा फहराएको छ। तालिवानले राजधानी काबुलको सुरक्षा सतर्कता कडाइ पारेका छन्। एजेन्सी

प्रकाशित मिति: : 2021-09-12 13:03:00

प्रतिकृया दिनुहोस्