घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

मंगलबार बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ४ सय रहेको थियो। आज सुन तोलामा ७ सयले गिरावट आइ प्रतितोला ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले गिरावट आएको छ। मंगलबार प्रतितोला चाँदीको मूल्य १२ सय ३० सय रहेको थियो भने आज मूल्य गिरावट आइ १२ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-08 11:41:00

प्रतिकृया दिनुहोस्