जातीय विभेद गर्ने आफ्ना पितालाई कारवाही गर्न छत्तिसगढका मुख्यमन्त्रीकाे आदेश

File Photo
File Photo

भारतमा छत्तिसगढ राज्यका मुख्यमन्त्री भूपेश बघेलका बयोबृद्ध बाबु नन्द कुमार बघेल पक्राउ परेका छ। ब्राह्मण समुदायबिरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि ८६ वर्षीय नन्दकुमार पक्राउ परेका हुन्।

प्रहरीले उनलाई पुर्पक्षका लागि १५ दिन न्यायिक हिरासतमा राखेको छ। बघेलले धरौटीमा रिहा हुन अनुरोध नगरेको उनका वकिलले बताएका छन्। प्रहरीले उनलाई यही २१ सेप्टेम्बरमा अदालतमा उपस्थित गराउनेछ।

आफ्ना बाबुलाई कैद गरिएपछि मुख्यमन्त्री बघेलले उनलाई विशेष छुट नहुने बताए। आफ्ना पिताप्रति सदैब सम्मान रहे पनि मुख्यमन्त्रीको रुपमा पिताको गल्ती स्वीकार्य नहुने उनको भनाई छ।

‘कानूनभन्दा माथि कोही  हुँदैन, यद्यपी उहाँ मेरा पिताजी  हुनुहुन्छ। मुख्यमन्त्रीको रुपमा मैले बिभिन्न समुदायबीच सद्भाव ल्याउनु पर्छ। कुनै निश्चित समुदायप्रति द्वेष फैलाउने उहाँको अभिव्यक्तिका कारण म दुःखित छु। उहाँमाथि कानुनी कारबाही हुन्छ। ’ छत्तिसगढ सरकारले हरेक धर्म, जातजाती समुदाय र उनीहरुको भावना सम्मान गर्ने उनले बताए। 

प्रकाशित मिति: : 2021-09-08 10:06:00

प्रतिकृया दिनुहोस्