को हुन्, अफगानिस्तानका नयाँ सरकार प्रमुख मुल्ला हसन अखुन्द ?

Photo:  AFP
Photo: AFP

संयुक्त राष्ट्रसंघको आतंकवादी सूचीमा रहेका तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्दले अफगानिस्तानमा नयाँ सरकारको नेतृत्व गर्ने छन्। अखुन्द प्रधानमन्त्री चुनिएसँगै तालिबान उपनेता मुल्लाह घानी बरादर उपप्रधानमन्त्री बनेकाे प्रवक्ता जबिहुल्ला मुजाहिदले जानकारी दिएका छन्।

त्यस्तै,तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्लाह याकूबलाई रक्षामन्त्री र हक्कानी नेटवर्कका नेता सिराजुद्दीन हक्कानीलाई गृहमन्त्री बनाइएको छ।

काे हुन् तालिबान सरकारका नयाँ प्रधानमन्त्री ?

- नयाँ प्रधानमन्त्री अखुन्दले झण्डै २० बर्षसम्म तालिबानको शक्तिशाली निर्णय लिने सर्वोच्च इकाई 'रहबारी शूरा'को नेतृत्व गरेका गरे। उनी तालिबानभित्र बाैद्दिक नेता मानिन्छन्।

- उनले अमेरिकासँग युद्ध सुरू हुनुअघि सन् १९९६-२००१ सम्म तालिबान सरकारमा उपप्रधानमन्त्री तथा विदेशमन्त्रीकाे रूपमा समेत काम गरिसकेका छन्।

- उनी सैन्य कम् र धार्मिक नेता बढी हुन्। अखुन्द तालिबानका आध्यात्मिक नेता शेख हबतुल्लाह अखुन्दजादानिकट समेत मानिन्छन्।

- उनी तालिबानको शुरुवात अवस्थामा कान्धारका क्षेत्रका स्थापित र सशस्त्र आन्दोलनका संस्थापक नेता हुन्।

प्रकाशित मिति: : 2021-09-08 09:18:00

प्रतिकृया दिनुहोस्