‘माओवादी र एकीकृत समाजवादीलाई यो अन्तिम अवसर हो’

हिमाल खबर

काठमाडाैं

जनतालाई एमालेकै अर्को संस्करण चाहिँदैन, किनभने ‘ओरिजनल’ छँदै छ नि। अब नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपालको पार्टीले वास्तविक मार्क्सवादी हौं भन्ने प्रमाणित गर्नुपर्छ।

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले अहिलेको सत्ता सञ्चालन नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का लागि अन्तिम अवसर भएको बताएका छन्।

अहिले जनताका पक्षमा काम गरेर आफूलाई नेकपा (एमाले) भन्दा फरक देखाउनुपर्ने वेला आएको उनको भनाइ छ। एमालेकै अर्को संस्करणलाई जनताले नपत्याउने नेता कार्कीको जिकिर छ। माओवादी केन्द्रका नेता कार्कीसँग गरेको संवाद :

नयाँ सरकार गठन भएको दुई महीना भयो। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जस्तो लागेको छैन?

आँखामा कसिङ्गर पसिसकेपछि खेतको आली पनि पहाड जस्तो देखिन्छ। अहिले राजनीतिक पार्टीहरूले आफ्नो महत्त्वपूर्ण कार्यभार निश्चित नगरेकाले उनीहरूलाई दैनन्दिनको काम पनि पहाड जस्तै बन्न थालेको छ। यसले समग्र राजनीतिक पार्टीहरूको कमजोरीलाई दर्शाउँछ।

धान कति राम्रो फल्छ भन्ने कुरा परालबाट चिनिन्छ भनिन्छ नि। त्यस्तै, पहिलो शिक्षामा दोहोरो अंकको बजेट ल्याउनुपर्‍यो। स्वास्थ्यको बजेट बढाउनुपर्‍यो। बल गरेर भए पनि स्वास्थ्यमा ७-८ प्रतिशत बजेट विनियोजन गर्नुपर्‍यो।

कोभिड-१९ को महामारी छ, सीमा विवादका कुरा उठिरहेका छन्। यस्तो वेला त चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार हुनुपर्ने होइन र?

पत्रकार साथीहरूलाई मन्त्रिपरिषद् विस्तार नभएकोमा बेचैनी बढिराखेको होला। तर, जबसम्म सरकारले जनताका काम गर्न सक्दैन, आम किसान, मजदूर र जनतालाई असारमा बन्नु र भदौमा बन्नुले केही फरक पर्दैन जस्तो लाग्छ।

प्रकाशित मिति: : 2021-09-07 21:32:00

प्रतिकृया दिनुहोस्