टिकेन शेयरबजारको उछाल, नेप्सेमा ४४.१८ अंकको गिरावट

File photo
File photo

साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पुन: पहिरो गएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार ४४.१८ अंकले घटेर बन्द भएको हो। कारोबार रकम पनि ह्वात्तै घटेको छ ।

सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो। नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज दुई समूहको सूचकबाहेक बाँकी समूह ओरालो लागेको छ। सबैभन्दा धेरै होटल एण्ड टुरिजम समूहको सेयर मूल्य ओरालो लागेको छ। समूहको सेयर मूल्य आज २.९९ प्रतिशतले घटेको छ।

यस्तै, सबैभन्दा धेरै कमाउनेमा सानीमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। कम्पनी १० प्रतिशतले फाइदामा गएको छ।

त्यस्तै, आज सबैभन्दा बढी घाटा व्यहोर्नेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। 

प्रकाशित मिति: : 2021-09-07 15:55:00

प्रतिकृया दिनुहोस्