अन्ततः पन्जशिरमा पनि तालिबानले गाड्याे आफ्नाे झन्डा

Photo : alarabiya.net
Photo : alarabiya.net

तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको  युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ।

सो उपत्यकामा तालिवान र त्यहाँका विद्रोही न्यासनल रेजिस्टेन्स फ्रन्टबीच चार दिनदेखि लडाइँ भएको थियो। काबुल कब्जा गरे पनि सो प्रान्तमा तालिवान पुग्न सकेको थिएन।

सोमवार अबेर सार्वजनिक गरिएको एउटा भिडियोमा लडाकुहरुले तालिवानको झन्डा उचालेको देखिन्छ। तर, विद्रोही फ्रन्टले भने आफूहरु सबै रणनीतिक स्थानमा उपस्थित रहेको जनाउदै युद्ध जारी रहेको बताएको छ। उसले तालिवानबिरुद्ध देशव्यापी विद्रोह गर्ने चेतवानी दिएको छ।

‘तपाई जहाँ भए पनि तालिवानबिरुद्ध देशव्यापी विद्रोह गर्न आह्वान गर्छु’, फ्रन्टका नेता अहमद मसुदले भने।  तालिवानलाई मान्यता दिने अन्तर्राष्ट्रिय समुदायप्रति उनले असन्तुष्टि जनाएका छन्।

तालिवानले तीन साताअघि काबुल नियन्त्रणमा लिए पनि पन्जशिर उसको नियन्त्रण बाहिर थियो। करिब दुई लाख जनसंख्या भएको पन्जशिर उपत्यकालाइ  चारैतिर डाँडाले घेरेको छ। यसअघि सन् १९८० को दशकमा रसिया र १९९६ मा मा तालिवानले गरेको हमलालाई पन्जशिरका मानिसले बिफल पारिदिएका थिए। 


पन्जशिर युद्धः चार किल्ला कब्जा गरेको जानकारी दिँदै युद्ध अन्त्य भएको तालिबान दावी

प्रकाशित मिति: : 2021-09-07 05:50:00

प्रतिकृया दिनुहोस्