पन्जशिर युद्धः चार किल्ला कब्जा गरेको जानकारी दिँदै युद्ध अन्त्य भएको तालिबान दावी

Photo : AP
Photo : AP

अफगानिस्तानको पान्जशिर उपत्यकालाई आफ्नो समूहले नियन्त्रणमा लिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन्।

विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चारै किल्ला कब्जा गरेको दाबी गरेको हो।

तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन्। तालिबान समूहसँग प्रतिकार गरेको एक समूहले यसबारे आफ्ना नेताको भनाइ छिट्टै आउने बताएको छ।

तालिबान विद्रोहीहरूले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन्। दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ। त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ।

पान्जशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन्।

प्रकाशित मिति: : 2021-09-07 05:51:00

प्रतिकृया दिनुहोस्