अर्थमन्त्रीले गभर्नरलाई फोन गरी भने– शेयर बजारमा देखिएको समस्या तत्काल हल गर्नुस्

फाइल तस्वीर
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोनमा कुराकानी गरेका छन्।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजीबजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका हुन्।

अर्थमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार, अर्थमन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो, त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरे।

गभर्नर अधिकारीले जवाफमा गभर्नर आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा चालु आर्थिक वर्षभित्र शेयर धितो कर्जाको सीमा १२ करोडमा झार्नुपर्ने नीति जारी गरेर सोही बमोजिमको निर्देशिका जारी गरेपछि शेयर बजारमा समस्या आएको हो।

दुई सातादेखि घट्दो क्रममा रहेको बजार आइतबार एकाएक नकारात्मक सर्किट सहित १०८ अंकले गिरावट आएको थियो।

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ। सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्।

प्रकाशित मिति: : 2021-09-06 13:14:00

प्रतिकृया दिनुहोस्