चिकित्सकले गरे टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

इजरेलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन्। एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन्। शल्यक्रियाका सम्पन्न गर्न  चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो।

बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो। शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु संलग्न थिए। शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्।

शल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ। ‘उनीहरुले आफैं खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने।

इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो। विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा शल्यक्रिया भइसकेका छन्।

शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो। खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो।

टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो। एजेन्सी

प्रकाशित मिति: : 2021-09-06 12:49:00

प्रतिकृया दिनुहोस्