यी महिलाले ४० वर्षकाे उमेरमै जन्माइन् ६९ सन्तान

Photo : guinnessworldrecords.com
Photo : guinnessworldrecords.com

सामान्यतया दुई सन्तान जन्माउने योजना धेरै महिलाको रोजाइमा पर्छ।

कतिपय आधुनिक महिला त एउटा सन्तान जन्माउन पनि झन्झट मान्छन्। तर, प्यालेस्टिनी एक महिलाले भने ६९ वटा सन्तान जन्माएकी छन्, त्यो पनि सानै उमेरमा। ४० वर्षमा ६९ सन्तान कसरी सम्भव भयो ? धेरैलाई यस्तो कौतुहलता लाग्न सक्छ।

गाजाको अल एन समाचार संस्थाका अनुसार फिओडोर वासिलएव नामक एक महिलाले १६ पटक जुम्ल्याहा र सात पटक तिम्ल्याहा जन्माएकी थिइन्। त्यस्तै, चार पटक चम्ल्याहा जन्माएकी थिइन्। उनी इतिहासकै सर्वाधिक उर्वर महिला मानिएकी छन्।

उनको मृत्यु पनि बच्चा जन्माउने क्रममा नै भएको थियो। सानो उमेरमा धेरै सन्तान पाउने उनी नै पहिलो महिला भने होइनन्। यसअघि रसियाली महिला  भ्यासिलेभाले पनि ६९ सन्तान जन्माएको गिनिज वल्र्ड रेकर्डमा उल्लेख छ।   

प्रकाशित मिति: : 2021-09-06 12:55:00

प्रतिकृया दिनुहोस्