काठमाडाैंमा चार सयभन्दा बढी घर यसरी डुबानमा परे (फाेटाे/भिडियाे)

काठमाडौंमा बाढीका कारण विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्।

आइतबार रातिदेखि परेको वर्षाका कारण बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका हुन्।

करिब चार सय घर डुबानमा परेकाे एक सयभन्दा बढी नागरिकलाई उद्धार गरिएकाे काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

कुनै मानवीय क्षति भने नभएकाे बताइएकाे छ। वंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा मध्यरातदेखि भारी वर्षा भइरहेको हाे।

राति २ बजेदेखि मेघ गर्जनसहित भएको भारी वर्षा अझै रोकिएको छैन। 

विमानस्थल परिसरमा मात्रै बिहान ७ बजेसम्म १ सय ५ मिलिलिटर वर्षा भएको मौसमविद् मीनप्रसाद अर्यालले जानकारी दिए। त्यस्तै बुढानीलकण्ठ, भक्तपुर, बबरमहल केन्द्रमा पनि एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको उनले बताए।

वर्षाका कारण उपत्यकाको वागमती, विष्णुमतीलगायतका नदीहरुमा ठूलाे बाढी आएको छ। काभ्रेको मुख्य बजार बनेपा पनि पूर्ण रुपमा जलमग्न बनेको छ।

प्रकाशित मिति: : 2021-09-06 09:18:00

प्रतिकृया दिनुहोस्