१०८ अंकले घट्याे नेप्से 

फाइल तस्वीर
फाइल तस्वीर

आइतबार सेयर बजारमा पहिरो गएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०८ दशमलव २६ अंकले घटेर बन्द भएको हो।

बजार खुलेको दुई घन्टा बित्न नपाउँदै नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो। सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भयो।

आइतबार २२३ कम्पनीका दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर कारोबार हुँदा ११ अर्ब २४ करोड तीन लाख बराबरको कारोबार भएको छ। सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१९ दशमलव ४६ र जीवन बीमा समूह ५११ दशमलव ७८ अंकले घटेको हो।

अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ। अरुण भ्यालीको ७० करोड ३३ लाख ३० हजार दुई सय रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ। अरु १३ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ता घाटामा गएका छन्। १३ वटा कम्पनीको १० प्रतिशतसहित ३१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। 

प्रकाशित मिति: : 2021-09-05 16:45:00

प्रतिकृया दिनुहोस्