भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय: सर्वेक्षण

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - scroll.in
Photo - scroll.in

विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन्।

२० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो। महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको पाइएको छ। यो दर विश्वका अन्य नेताको तुलनामा सबैभन्दा बढी हो।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादर बढी रुचाइएका नेता बनेका छन्। लोपेजपछि एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन नेतृ मर्केला एन्जेलको नाम छ।

सर्वेक्षणअनुसार ड्रागीको ६४ प्रतिशत र मर्केलको एप्रोभल रेट ५२ प्रतिशत छ। मर्केलपछि अमेरिकी राष्ट्रपति जो बाइडेन छन्। बाइडेनको एप्रोभल रेट ४८ प्रतिशत छ। सबैभन्दा न्यून एप्रोभल रेट जापानका प्रधानमन्त्री योसिहिदे सुगाको छ।

दी मर्निङ कन्सल्टले गरेको सो सर्वेक्षणको सूचीमा चीनका कुनै नेताको नाम समावेश छैन। 

प्रकाशित मिति: : 2021-09-05 15:02:00

प्रतिकृया दिनुहोस्