१३५.०१ अंकले घट्यो सेयर बजार

आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ। बजार खुलेको २ घण्टा नबित्दै बजारमा १३० अंकभन्दा बढीको गिरावट आएको हो।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १३५.०१ अंकले घटेर २७९१.९७ विन्दुमा पुगेको छ। यता सेन्सेटिभ परिसूचक पनि २२.८३ अंकले घटेर ५१८.९४ विन्दुमा पुगेको छ।

प्रकाशित मिति: : 2021-09-05 12:51:00

प्रतिकृया दिनुहोस्