उर्लाबारी उवासंघका एक उम्मेद्वार को हुन् नित्तम चौहान, के चाहन्छन् उनी ?

आसन्न उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनका लागि उनको उम्मेद्वारी सदस्य पदमा हो। तर, चर्चाको शिखरमा उनै छन्। उनी अर्थात नितम चौहान। उनको उम्मेद्वारीले सबैको ध्यान खिचेको छ। यसका केहि कारण छन्। उम्मेद्वारको भीडमा सबैभन्दा सानो उमेरका उनै हुन्। सामाजिक काममा सक्रियतापुर्वक लागिपरेका छन्। आर्थिक कारोबारमा पारदर्शी छन्। हँसिलो रमृदुभाषी यिनै छन्। यसर्थ विहानीले दिउँसोको संकेत गरेजस्तो नितमले जित मात्रै होइन, मतपरिणाममै ‘छलाङ’ मार्ने अधिकांश ब्यापारीले विश्वास लिएका छन्।

उर्लाबारी–७ का नित्तम सुनचाँदी व्यवसायका संचालक हुन्। यिनका उम्मेद्वारीलाई लिएर उवासंघका मतदाताहरुमा उत्साह देखिन्छ। व्यवसाय र सामाजिक क्षेत्रमा पनि सक्रिय नितमका कारण समग्र व्यवसायीको हितमा टेवा पुग्ने उनीहरुको अपेक्षा छ।

स्थानीय पबित्रा राजवंशीले भनिन्, ‘उहाँको उम्मेदवारीले हामीलाई खुसी बनाएको छ।’ उर्लाबारी उवासंघको निर्वाचनको इतिहासमा एउटै प्यानलले एकलौटी परिणाम निकालेको छैन। सधै ‘दलका थोपडा’ भन्दापनि व्यक्ति हेरेर भोट दिने थिति बसेको छ। कतिसम्म भने गणतन्त्रको रापतापमा मुलुक होमिएको बेला ‘पुर्व पञ्च’ले समेत उवासंघको अध्यक्ष पद नै पड्काएको उदाहरण साक्षी छ। अझ नितम त प्रगतिशिल प्यानलमा जोडिएका छन। उनी भन्छन्–‘कुनै प्यानलमा जोडिनु एउटा कारण हो, यो र उ नभनी सबैको सेवामा लाग्नुचाहिँ मुल कारण हो।’

‘उहाँ उवासंघको भविश्यको अध्यक्षको सम्भावना बोकेको व्यक्ति हो, त्यसैले पनि उहाँलाई अगाडी सारिएको हो’ प्रगतिशिल प्यानलका निर्वाचन परिचालन समितिका योगेश बस्नेतले भने। उम्मेद्वारी किन ? उनकै शब्दमा– ‘उद्योग बाणिज्य संघमा विगतदेखि नै युवाहरुको आकर्षण र उपस्थिति एकदमै कम छ। म चाहन्छु, यहाँ एकाध जनामात्रै युवा होइन धेरै युवा हुनुपर्छ। नौजवान धेरैजना आउने हो भने पुरानोले छाड्नै पर्छ। मेरो सबैलाई अनुरोध छ, काम गर्न मैले सक्दै–सकिन भने भनिदिनोस्। काम गर्न सकुञ्जेल बस्ने हो, काम गर्न नसक्ने भएपछि त, म आफै साइड लाग्छु नि।

कसैकसैले अकस्मात उम्मेद्वार भयो पनि भनेका छन्, यो ठूलो कुरा होइन। मैले सोचबिचार गरेरै, व्यवसायीहरुको ठुलै तप्कासंग सरसल्लाह गरेर उम्मेद्वार बन्ने निधो गरेको थिए। जुन अहिले सम्भवपनि भयो। तपाई जत्तिको युवा यहाँ चाहिन्छ भनेर धेरैले भन्नुहुन्छ। भगवान कृष्णले भन्नुभएको छ, समय बलवान हो। हो, मैले यसलाई मनन गरेको छु। सायद मेरो समय पुगेको थिएन होला । सानादेखि ठूला सबै उद्योगी–व्यवसायीहरुको समस्या बुझ्नपनि मेरो उम्मेद्वारी हो। कोरोनाले उद्योगी व्यवसायीको निदहराम गरेको छ । एकदमै धेरै समस्याहरु आइरहेका छन्।

उचित समयमा उचित निर्णय गर्नसक्ने क्षमता हुनुपर्छ। कडामा कडा, अनि नरम हुनुपर्ने ठाउँमा नरम बन्न उवासंघको मुल नेतृत्वलाई दबाब दिन मेरो हस्तक्षेपकारी भुमिका हुनेछ। चुनाव जित्नेमा म शतप्रतिशत ढुक्क छु। यसको मतलब फेरि म ओभर कन्फिडेन्स भने होइन। म निकै सक्रियताका साथ चुनावी अभियानमा छु। मैले व्यवसायीकै भुमिकामा रहँदापनि के गरे, कति काम गरे त्यो कुराको सबेले मुल्यांकन गर्नुहुन्छ भन्ने अपेक्षा छ। धेरैले मलाई भन्नु भएको छ, तपाई जत्तिको मान्छे चाहिन्छ। उहाँहरुलाई म आभार व्यक्त गर्न चाहान्छु।

प्रकाशित मिति: : 2021-09-04 16:50:00

प्रतिकृया दिनुहोस्