बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ। एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखापरेकाले सचेत रहन आग्रह गरेको हो।
कोभिड–१९ जस्तै स्क्रब टाइफसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखा पर्नेलगायत लक्षण देखिन थालेकाले उच्च सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
स्क्रब टाइफसका बिरामीमा खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न गाह्रो हुनु जस्ता लक्षण पनि देखिन थालेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले कोभिड–a१९ सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले परीक्षण गर्दा कोरोना नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ।
स्क्रव टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ। मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीर रूप लिने चेतावनी दिएको छ। स्क्रव टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायत अंगमा असर गर्छ।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके सर्नेगर्छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया