बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ। एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखापरेकाले सचेत रहन आग्रह गरेको हो।
कोभिड–१९ जस्तै स्क्रब टाइफसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखा पर्नेलगायत लक्षण देखिन थालेकाले उच्च सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
स्क्रब टाइफसका बिरामीमा खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न गाह्रो हुनु जस्ता लक्षण पनि देखिन थालेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले कोभिड–a१९ सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले परीक्षण गर्दा कोरोना नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ।
स्क्रव टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ। मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीर रूप लिने चेतावनी दिएको छ। स्क्रव टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायत अंगमा असर गर्छ।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके सर्नेगर्छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया