थपिए १७५६ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जना गरी १ हजार ७५६ जनामा सङ्क्रमण देखिएको हो।

देशभर सक्रिय सङ्क्रमित ३३ हजार ६ जना रहेका छन्।

सङ्क्रमणबाट निको भई आज २ हजार २७४ जना घर फर्किएका छन्। अहिलेसम्म ७ लाख २३ हजार ४५६ जना निको भई घर फर्किएका हुन्।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २३ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ८०९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ।

प्रकाशित मिति: : 2021-09-03 16:29:00

प्रतिकृया दिनुहोस्