घट्यो सुनको मूल्य

विहीबार आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो। 

यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: : 2021-09-02 11:04:00

प्रतिकृया दिनुहोस्