सेयर बजारमा फेरि पहिरो, कतिले घट्यो नेप्से ?

कारोबार तेस्रो दिन आज (मंगलबार) कारोबारमा नेप्से परिसूचक ५९ दशमलव ०५ प्रतिशतले घटेको छ।

गत आइतबारको तुलनामा नेप्से परिसूचक ५९ दशमलव ०५ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ बिन्दुमा झरेको हो। कारोबार सुरु भएको पहिलो घण्टादेखि नै नेप्से परिसूचकमा गिरावट छाएको हो।

आज कुल २ सय २७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७३१ किता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मा खरिदबिक्री भएको छ।

आज भएको कारोबारमा १३ उपसमूहमध्ये भएका सबै उपसमूहको सेयर ओरोलो लागेको छ। यस्तै जीवन बीमाको सबैभन्दा धेरै ४४७ दशमलव ९८ ले ओरालो लागेको छ भने सबैभन्दा कम उत्पादक कम्पनीको शून्य दशमलव १३ ले ओरालो लागेको छ।

कारोबारको हिसाबले आज अरुन भ्याली हाइड्रोपावर को १ अर्ब १० करोडबराबरको कारोबार भएको छ। त्यस्तै कर्णाली विकास बैंकले सेयर बजार राताम्मै हुदाँ पनि ७ दशमलव ५८ प्रतिशतले बढेको छ। भने यता रुरु जलविद्युत् परियोजना लिमिटेडको ९ दशमलव ९९ प्रतिशतले गुमेको छ।

प्रकाशित मिति: : 2021-08-31 16:18:00

प्रतिकृया दिनुहोस्