जब बाँकेका खर्कबहादुरलाई अमेरिकी बनेर नेपालीले नै ठग्न खोजे..

पर्दाफास

काठमाडौं

बाँके खजुरा–३ का ५० वर्षीय खर्कबहादुर पुनले फेसबुकमा स्क्रोल गर्दै जाँदा केही दिनअघि अमेरिकी पानीजहाज कम्पनीमा कामदार माग गरिएको सूचना देखे । जागिरका लागि विशेष योग्यता आवश्यक नहुने र आकर्षक तलब पनि पाइने देखेपछि उनको मनमा अमेरिका जाने सपना पलाउन थाल्यो ।

मलेसिया, बहराइनजस्ता देशमा वैदेशिक रोजगारीमा गएर फर्केका उनलाई मौका मिले फेरि विदेश जाने मन थियो । अमेरिका जान पाए त झनै राम्रो हुने उनलाई लाग्यो । 

कामदार माग्ने कम्पनी थियो, एमएससी क्रुज सिप कम्पनी युएसए । हस्की जब्स इन क्यानडा नामको फेसबुक पेजमा उक्त सूचना आएको थियो । कामदारले मासिक ८ हजार डलर तलब पाउने र बसाइको खर्च कम्पनीले बेहोर्ने सूचनामा भनिएको थियो ।

सूचनाअनुसार १८ देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने र शिक्षित अशिक्षित दुवैले मौका पाउने, कम्पनीले नै भिसा प्रोसेस, वर्क परमिट र जहाजको टिकटको काम गर्ने जनाइएको थियो । छनोट भइसकेपछि ३ वर्षसम्म काम गर्न पाइने र यसका लागि सबै देशका नागरिकले आवेदन दिन सक्ने भनिएको थियो । 

 

प्रकाशित मिति: : 2021-08-31 15:59:00

प्रतिकृया दिनुहोस्