आज सुनचाँदीको मूल्यमा स्थिरता

File photo
File photo

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ।

आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार ६ सय रहेको थियो। आज पनि त्यहि मूल्य अर्थात ९१ हजार ६ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुनको मूल्य ९१ हजार १ सय रहेको छ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ। आइतबार १ हजार २ सय १० रहेको चाँदीको मूल्य आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-08-30 11:25:00

प्रतिकृया दिनुहोस्