विश्का प्रत्येक मानिसहरु कुनै न कुनै तरिकाबाट मनोरञ्जन लिएर रमाउँन चाहान्छन्। मनोरञ्जनका सामान्य आधार भनेकाे कमेडी, गीत, म्युजिक, घुमफिर आदिबाट लिन सकिन्छ। त्यसाे त कविहरुले नै भनेका छन्, 'कलाबिनाकाे मानिस बानरजस्ताे'।
विश्मा कला, संकृति, परम्मराजस्ता कुराहरु ठाउँ र भूगाेलअनुसारले भिन्न-भिन्न रुपले बाँडिएका छन्। सबैका रहनसहन, भेषभुषा, कला, संकृति फरक-फरक हुने गर्दछन्।
यसैबीच शनिबार साँझ प्रशारित रियालिटी शाे 'कमेडी च्याम्पियन'मा बिक्की अग्रवालले प्रस्तुत गरेकाे 'पेन्टोमाइम' प्रस्तुतीले यतिबेला देशभर चर्चा पाइरहेकाे छ। कतिले सकारात्मक टिप्पणी गरिरहेका छन् भने कतिले नकारात्मक टिप्पणी। चर्चा जस्तासुकै हाेस्, बिक्कीले प्रस्तुत गरेकाे 'पेन्टोमाइम' सायद नेपालकाे इतिहासमा पहिलाे पटक हाे। वास्तवमा भन्ने हाे भने नेपाली दर्शक मात्रै हाेइन्, केही चलेकै कलाकारहरूलाई पनि यसबारे जानकारी छैन।
यसकाे उदाहरणकै रुपमा लिने हाे भने 'कमेडी च्याम्पियन'कै निर्णायक तथा अग्रज कलाकार सन्ताेष पन्तलाई लिन सकिन्छ। कार्यक्रममा उनकाे अभिव्यक्तिले याे थाहा हुन्छ कि नेपालका चलेकै कलाकारहरुलाई पनि यस कलाबारे जानकारी छैन।
वास्तवमा यसरी सुरु भएकाे थियाे 'पेन्टोमाइम आर्ट'
प्राचिन रोम र ग्रिक सभ्यताबाट 'पेन्टोमाइम आर्ट'को शुरु भएको मानिन्छ। इतिहासलाई अध्ययन गर्ने हाे भने ग्रिक र रोमका शौखिन दर्शकहरुकै कारण 'पेन्टोमाइम आर्ट'ले गति लिएकाे पाइन्छ।
यस सभ्यताका दर्शकहरु 'पेन्टोमाइम आर्ट' भन्ने बित्तिकै हुरुक्कै हुन्थे। यति सम्म कि जति राम्राे सिनेमा बने पनि उनीहरुकाे पहिलाे राेजाइ 'पेन्टोमाइम आर्ट' नै हुन्थ्याे।
कलाकाे इतिहासमा पहिले पहिले नाटक देखाउँदा गीत-संगीत तथा नृत्यहरुमा फरक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनाेरञ्जन दिलाइन्थ्याे।साथै 'पेन्टिङ'मार्फत पनि 'पेन्टोमाइम आर्ट' देखाइन्थ्याे।
१६औँ शताब्दीमा इटालीबाट 'पेन्टोमाइम आर्ट'काे विकास भएको प्रारम्भिक इतिहास छ। त्यतिबेला 'कमेडिया डेल आर्ट'ले 'पेन्टोमाइम आर्ट' सुरू गर्याे। त्यसपछि बल्ल 'पेन्टोमाइम आर्ट'ले चर्चा पाउन थाल्यो। १७औँ शताब्दीमा 'ड्ररी लेन थियटर'का जोन वीभरले 'पेन्टोमाइम आर्ट' प्रस्तुत गर्दै लण्डनमा पनि विस्तार गरे।
सन् १७१७ मा जोन रिचले वीभरको सफलताबाट प्रेरित हुँदै 'लिंकन इन पिल्ड्स' थियटरमा नियमित 'पेन्टोमाइम आर्ट'मा आधारित नाटकहरु प्रस्तुत गर्न थाले। यस्तै सन् १८१८ मा 'जे आर प्लान्चे' र १९औँ शताब्दीमा 'चार्लि चैपलिन'ले 'पेन्टोमाइम आर्ट'लाई आँझै चर्चामा ल्याए।
चर्चा बढ्दै गएपछि मार्सेल मार्सेउ 'पेन्टोमाइम आर्ट'मा चर्चित अभिनेताको रुपमा चिनिए। १९औँ शताब्दीमा ब्रिटिसमा 'पेन्टोमाइम आर्ट' चर्चित बन्याे। तर २०औँ शताब्दीतिर भने यसकाे चर्चाले निरन्तरता पाउन सकेन। यस अवधिमा लगभग 'पेन्टोमाइम आर्ट' लुप्त भइसकेकाे थियाे। तर पछिल्ला केही वर्षहरुमा 'पेन्टोमाइम आर्ट'काे आधारमा विभिन्न सिनेमाहरु बनेपछि यसले फेरि चर्चा पाउन थाल्याे। सन् २०१८ मा रिलिज भएकाे चर्चित हलिउड सिनेमा जोकरले झन् 'पेन्टोमाइम आर्ट'काे चर्चाकाे विषयलाई ह्वात्तै बढायाे।
कसरी प्रस्तुत गरिन्छ 'पेन्टोमाइम आर्ट' ?
नबोलेर प्रतिकात्मक र प्रतिबिम्बित इशाराहरुको प्रयोगले पेन्टोमाइम गरिन्छ। प्रस्तोताले अनुहार र शरिरका इशाराहरुमा भुलाएर दर्शकहरुलाई मनोरञ्जन दिने गर्दछन्। प्रस्तोताले आफ्नो अनुहारको भाषा दर्शकहरुलाई नबोलेर प्रस्तुत गर्ने गर्दछन्। पेन्टोमाइम अभिनय गर्दा कालो टी–शर्ट र प्यान्टहरुको प्रयोग गरिन्छ।
आँखाको आँखीभौं स्पष्ट देखिने गरि अनुहारमा सेतो रंग लगाईन्छ। हातमा सेतो पन्जा लगाइन्छ। पेन्टोमाइम एक सुक्ष्म र बाैद्धिक कला हो। प्राय पेन्टोमाइम 'म्युजिकल'मा प्रस्तुत गरिन्छ। पेन्टोमाइमलाई नै छाेटकरीमा 'माइम' पनि भन्ने गरिन्छ।
इंग्ल्याण्ड तथा आयरल्याण्डमा क्रिमस तथा नयाँ वर्षमा दर्शकहरुलाई मनोरञ्जन दिलाउँन 'पेन्टोमाइम आर्ट' प्रस्तुत गरिन्छ। अमेरिकामा पनि याे नबोलेर देखाईने नाटकको रुपमा चर्चित छ। ब्रिटेनमा संगीत, नृत्य, रंगिन भेषभुषा र कम संवाद जोडेर पेन्टोमाइम प्रस्तुत गरिन्छ। पछिल्लो समय विश्मा 'पेन्टोमाइम आर्ट'लाई मनोरञ्जनका रुपमा धेरैले रुचाउँछन्।
नेपालमा 'पेन्टोमाइम आर्ट'काे इतिहास
पेन्टोमाइम नेपाली समाजमा राम्रोसंग भित्रिसकेको छैन। पेन्टोमाइम पश्चिमी संकृतिको अभिनय भएकाले नेपाली दर्शकहरुले त्यति रुचाउँदैनन्। कतिले त थाहा नै पाउँदैनन्। नेपालमा यस्ता अभिनय बेला-बेलामा देखाइए पनि कसैले नाेटिस गरेकाे थिएन। यसाै भनाै कि पेन्टामाइमले ठाउँ नै पाउन सकेको छैन्। नेपाली दर्शकहरु पेन्टोमाइम कमेडीदेखि टाढा नै छन्।
नेपाली समाजमा 'पेन्टोमाइम आर्ट'लाई बुझ्न कठिन नै छ। यसकाे अभिनय र प्रस्तुतीलाई नेपाली दर्शकहरुले बुझ्न सक्दैनन्। किनकि 'पेन्टोमाइम आर्ट'लाई बाैद्धिक कला पनि भनिन्छ।
कमेडी च्याम्पियनमा बिक्कीले रचेकाे 'पेन्टोमाइम आर्ट'काे नयाँ इतिहास
नेपालको एक मात्र कमेडी शो हो, 'कमेडी च्याम्पियन'। फाईनलमा पुग्नका लागि बिक्कीले दिएको पेन्टोमाइम प्रस्तुती एकाएक विवादित विषय बन्याे। 'कमेडी च्याम्पियन'मा भाग लिनकै लागि सिक्किमबाट आएका बिक्कीकाे प्रस्तुतीमा निर्णायक सन्तोष पन्तले कमजोर र नेपाली समाजले नबुझ्ने भन्दै आलोचनात्मक टिप्पणी गरे।
यहाँ सम्म कि 'मैले नै बुझिन, अरुले के बुझ्ला' भन्ने अभिव्यक्ति दिएर आफ्नै चेतनाकाे खिल्ली उडाए। बिक्की भलै शाेबाट बाहिरिए पनि वा निर्णायक पन्तले नबुझे पनि उनले नेपालकाे इतिहासमा नाेटिस हुने गरि पहिलाेपल्ट 'पेन्टोमाइम आर्ट' प्रस्तुत गरे।
केही वर्षपछि यदि 'पेन्टोमाइम आर्ट'काे क्षेत्र फराकिलाे भयाे भने पक्कै दर्शकहरुले बिक्कीलाई नै सम्झनेछन्।