तीन लागूऔषध कारोबारी पक्राउ

पोखरामा तीन जना लागूऔषध कारोबारी समातिएका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरु पक्राउ गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महागनरपालिका १५ मितेरी पुलमा चेकजाँच गर्दा अर्जुन नेपाली र पोखरा महानगरपालिका ९ शिवटोल बस्ने लोक बहादुर श्रेष्ठ र विष्णु गुरुङ श्रेष्ठको घर कोठाबाट प्रहरीले लागूऔषध बरामद गरेको छ।

प्रहरीले डाईजेपाम २८२, फेनरागन २८२ र नुर्फिन २८२ एम्पुल गरी जम्मा ८४६ एम्पुल लागू औषध सहित सुन जस्तो देखिने पहेलो धातु १ थान, पेस्तोल जस्तो देखिने ग्याँस लाइटर थान १, मोवाईल सेट थान ३ थान र साथै ३ लाख ४१ हजार ६४० रुपैयाँ नगद बरामदमा लिएको हो।

पक्राउ परेका तीन जनालाई लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १२ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए। 

पक्राउमा पर्नेमा कास्की रूपा गाउँपालिका ५ घर भई हाल  पोखरा ९ शिवटोल डेरा गरी बस्ने ३७ वर्षी लोक बहादुर श्रेष्ठ, सोही ठाउँकै ३२ वर्षकी विष्णु गुरुङ श्रेष्ठ र पोखरा २३ पामे घर भई हाल पोखरा १७ घारीपाटन बस्ने  २७ वर्षीय अर्जुन नेपाली रहेको डिएसपी हमालले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-29 22:16:00

प्रतिकृया दिनुहोस्