बिएल संवाददाता
नेकपा (एमाले)बाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) निर्माण गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई दाेस्राे तहका नेताहरूले धोका दिएको बताएका छन्।
पेशागत महासंघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नवगठित पार्टीका अध्यक्ष नेपालले पार्टी फुटाएर नयाँ यात्रा तय गर्न प्रोत्साहन गर्ने एमाले नेताहरू भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालले नै केपी ओलीलाई साथ दिएकाे बताए। उनले भने, 'पार्टी फुटाउन विधान बनाएका र नयाँ पार्टीसमेत दर्ता गरिसकेका दाेस्राे तहका नेताहरूले केपी ओलीजस्तो बेइमान मानिससँग रहेकाेमा अचम्म लागेकाे छ। '
अन्तिम अवस्थामा आएर आफ्नो साथ छाडेका नेताहरूलाई व्यंग गर्दै उनले भने, ‘मलाई धकेलेर अगाडि बढ भन्नेहरू नै पछाडि हेर्छु त कोही छैनन्।’
दोस्रो पुस्ताका नेताहरू बलियो दृढता लिएर आफ्नो पार्टीमा आए, आफू नेतृत्वबाट आराम गर्ने र अध्यक्ष पद युवा पुस्तालाई हस्तान्तरण गर्ने उनले बताएका छन्।
उनले पहिलाेपल्ट सार्वजनिक कार्यक्रममै अनुहार मलिन (रूदै) बनाएर भावुक हुँदै नेपालले भने, 'दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म खुशी-खुशी तयार छु। आउनुहोस्, अध्यक्ष बन्नुहोस्। बलियो नेतृत्व गरेर पार्टीलाई उचाइमा लग्नुहोस्। मैले पदको लागि विद्रोह गरेको होइन्, वैचारिक सत्यको लागि विद्रोह गरेको हुँ।'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया