साताको अन्तिम दिन शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बिहीबार (हिजो) २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ। तर, यता सुनको मूल्य बृद्धि भइरहँदा बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको छ।
बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।