फेरि हाम्रो दक्षिण पूर्वी एसियामा चीन–अमेरिका

शिलापत्र

काठमाडाैं

हामीमध्ये कतिलाई थाहा होला- दक्षिण कोरियामा ‘मिनिस्ट्री अफ् युनिफिकेसन’ नाम गरेको एउटा विशिष्ट प्रकृतिको मन्त्रालय छ।

तत्कालीन राष्ट्रपति पार्क सुङ जीले सन् १९६९ मा स्थापना गरेको यो मन्त्रालयको मुख्य काम हो- सन् १९४५ मा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको तानातानमा परेर छुटेका उत्तर र दक्षिण कोरियालाई फेरि एक बनाउन भूमिका खेल्नु।

त्यस बेला जापानी उपनिवेशबाट छुटेको कोरिया आइन्दा कसको नेतृत्वमा हुने भन्ने प्रश्नमा सोभियत संघ र अमेरिकाको सौदाबाजी हुन पुग्दा देशै टुक्रिन पुगेको थियो। परिवारहरू आपसमा छुट्न पुगे। यो मन्त्रालयले दुवै देशतिर पुर्‍याइएका नागरिकहरूलाई भेट गराउँछ। यिनै काम गरेबापत विगतमा पटक-पटक यो मन्त्रालयले राष्ट्रपति कार्यालयबाट पुरस्कार र सम्मानसमेत पाइसकेको छ। हिजोआज भने यो मन्त्रालयको औचित्यमाथि प्रश्न उठाउँदै दक्षिण कोरियामा आलोचना भइरहेको छ।

दक्षिण कोरियामा अर्को वर्ष चुनाव हुँदै छ। चुनाव आउने बेला उत्तर कोरियालाई कस्सिएर गाली गर्नु परिगयो।

राष्ट्रवादको नगरा बजाएकै भरमा भोट तान्न सकिने भएपछि ट्रम्पले मेक्सिकोको विरोध गरे। बेलायत, जर्मनीमा अफ्रिकी आप्रवासीका कुरा उठ्ने गर्छन्। भारतमा पाकिस्तानको, अनि नेपालमा भारतको। उदाहरण जति पनि दिन सकिन्छ। चीनमा चुनाव हुन्थ्यो भने कसको कुरा उठ्थ्यो होला ! पक्कै अमेरिकाको। अलिक पहिले भए जापान र रुसको।

प्रकाशित मिति: : 2021-08-27 06:45:00

प्रतिकृया दिनुहोस्