रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ।
दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो। उक्त मन्त्रालयका अनुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो।
कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यु डुकले रुसी उप विदेशमन्त्री बीच मंगलबार कुराकानी भएको हो। रुसी उप विदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि हिजो दक्षिण कोरिया पुगेका थिए। उनी कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत हुन्।
उनीहरूका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिइएको छ।