खाता करिडोर : वन्यजन्तुको राजमार्ग, स्थानीयलाई मृत्युमार्ग!

हिमाल खबर

तुफान न्यौपाने

वन्यजन्तुको अन्तरदेशीय आवागमनका लागि नमूना संरक्षित क्षेत्रका रूपमा ख्याति पाएको बर्दियाको खाता जैविक मार्ग स्थानीय बासिन्दाका लागि भने ज्यानकै जोखिम बनेको छ।  

बर्दियाको मधुवन नगरपालिका-३ कोठियाघाटकी रेनुका सुनार २६ फागुन २०७७ मा बाख्रालाई घाँस काट्न कोठियाघाट सामुदायिक वनमा गएकी थिइन्। सासू कौशिला सुनार सहित ६ जना जंगल गएका वेला रेनुकालाई बाघले झम्टियो। "हामी अलि टाढा थियौं। बुहारीसँगै भएकी साथी 'बाघले मार्‍यो, बाघले मार्‍यो' भनेर चिच्याएको सुनेर त्यहाँ पुग्दा त बुहारीलाई लगिसकेको थियो," कौशिलाले भनिन्, "वरिपरि धेरै बेर खोज्दा पनि भेटेनौं। हामीले खबर गरेपछि गएका प्रहरीले बुहारीलाई भेट्न त भेटे, तर त्यस वेलासम्म सास गइसकेको थियो।"

४२ वर्षयता कोठियाघाटमा बस्दै आएकी ६० वर्षीया कौशिला पछिल्लो समय बाघले गरिरहेको जस्तो आक्रमण यसअघि कहिल्यै थाहा नपाएको बताउँछिन्। अचेल घर नजिकै बाघ आउने गरेको बताउँदै उनी भन्छिन्, "एक हप्ता पहिले पनि आएको थियो। हामी सबै चिच्यायौं र टाढैबाट गयो," उनी भन्छिन्, "अचेल त घरमै आएर खान्छ कि भन्ने डर लाग्छ। डरले रातभर सुत्न सकिंदैन।" 

प्रकाशित मिति: : 2021-08-23 20:10:00

प्रतिकृया दिनुहोस्