सेना, प्रहरी र सशस्त्र प्रहरीका जवानहरु हातमा खुकरी, हँसिया, लाठी लिएर भाँगोका माेटा–माेटा डाँठ काटेर ढलाउँदै छन्।
कामीटाेल लगायतकाे कालेखाेली बजारका भान्साबाट निस्किएको फाेहाेरले मलिलाे भएकाे चन्दननाथ सेरा जिउलाेकाे आलीमा आफसेआफ उम्री बढेर दुई तले घरजति अग्ला भएका भाँगाे बाेटलाई सेना, प्रहरी र शसस्त्र प्रहरीका जवानले एक घण्टामा स्याउली साेत्तर पारिदिए।
जङ्गल फडानी गरेर नयाँ जग्गा बनाउने बेला सल्लाका पाेथेडा(साना रुख) काटेर सुताएजसरी सुतेका भाँगाका बाेटहरुले सेरा जिउलाेलाई उज्यालाे त बनाए तर त्यसले जुम्लीहरुकाे मन अँध्यारो बनाइदियाे। सरकारी टाेलीका प्रतिनिधिका हिसाबले उपस्थित जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा फडानीकाे विराेध गर्ने स्थितिमा छैनन् तर उनकाे मन भने अमिलाे भएकाे छ।
युवाले भाँगाेका पातबाट चरेस बनाई खाएर लठ्ठ परेपछि समस्या हुँदा सरकारले यसलाई फडानी गर्ने याेजना बनायो तर पनि यसकाे बहुउपयाेगितालाई ध्यान नदिँदा पछिसम्म असर पर्ने तर्क छ, उनकाे।
'लागू ओैषधकाे रुपमा गाँजालाई बुझिँदा नकारात्मक असर बढी देखेर नष्ट गर्ने सरकारी अभियान उदेश्यका हिसाबले गलत छैन,' उनले भने, 'तर गाउँघरमा भाँगाे बहुउपयोगी मात्र नभई ओैषधिकाे रुपमा प्रयाेग हुँदैआएकाे छ। यसकाे तेल घुँडा, गाँठा दुख्दा अचुक ओैषधिकाे रुपमा प्रयाेग हुन्छ। भन्सामा प्रयाेग हुने अचार, तेल बनाइसकेकाे पिनाकाे पिउसाे (खिचडी) बनाई खाँदा स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छ। याे काेणबाट हेर्दा गाँजा नष्ट गर्ने नभई संरक्षण गर्नुपर्ने चिज हाे।'
एक छप्काेले छिनालिएका भाँगाका बाेटमा परेकाे गाेर्खे खुकुरी झन् टल्कँदैछ। छपाछप छप्किएका भाँगाकाे बाेटले पंक्तिकारलाई ०३६ सालकाे जनमतसंग्रहमा पञ्चायत जिताउन फाँडिएकाे तराईको जङ्गल याद दिलायाे। जहाँबाट ६० लाख क्युविक फिट काठ काटेर भारत पैठारी गरिएकाे थियाे। ठीक त्यसरी नै भाँगोका बाेटहरु काटिए।
प्रशासनले सेना, प्रहरीका जवान लगाएर काटेका भाँगाका बाेट कति थिए, कसैले हिसाब राखेन। यसरी भाँगाेकाे बाेट काट्नुकाे उदेश्य प्रशस्तै कमाउनु पनि थिएन न त सत्तालाई बहुदल वा निर्दलकाे चुनाव जिताउनु नै थियाे। उद्देश्य एउटै मात्र हाे, 'यसबाट जाँजा र चरेस बन्छ। प्राकृतिक रुपमै पाइने लागू ओैषधकाे सेवन गरेका युवा कुलतमा फसे । समाज गतिशील बन्न सकेन।'
जुम्लाका डिएसपी दानबहादुर थापाले भने, 'याे नेचुरल ड्रग्स हाे। यसकाे सेवान गरी युवा बढी कुलतमा फसेेका छन्। स्कुलदेखि कलेज तहकाे उमेर समूह यसबाट प्रभावित बनेकाे छ। प्राकृतिक रुपमा सजिलै पाइने गाँजा नष्ट गरेकाे खण्डमा युवा भविष्य सुनिश्चित हुनेछ।' यसो भनिरहेका उनीसँग उक्त गाँजाबाट कति जुम्ली युवालठ्ठ परेका छन्? तथ्याङ्क छैन। उनले सहज जवाफ दिए, 'याे अध्ययनकाे विषय हाे।'
कानुनी रुपमा सरकारले अनुमति नदिएकाे हुनाले भाँगाेकाे उपभाेग र काराेबारलाई निरुत्साहित गर्ने उदेश्य रहेकाे प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।
'युवा जनशक्तिले यसलाई लागू ओैषधकाे रुपमा प्रयाेग गर्नबाट राेक्ने हाे,' उनले भनिन्, 'स्थानीयले अचारकाे रुपमा प्रयाेग गर्ने प्रविधि थप अध्ययनकाे विषय हाेला। हाललाई कानुनले बर्जित गरेकाे हुनाले यसकाे उत्पादन र काराेबार राेक्नलाई पनि फडानी जरुरी छ। कानुनले मान्यता नदिएकाे अवस्थामा कानुनका कार्यान्वयन गर्न जरुरी छ।'
सरकारले यसलाई लागू ओैषध मात्र नबुझी स्थानीयकाे भातभान्सासँग जाेडिएकाे विषय बनाउन सकेकाे भए राम्राे हुने तर्क राख्छन्– नागरिक समाजका अगुवा राजबहादुर महत। 'प्राकृतिक रुपमा 'पेन किलर'काे रुपमा प्रयाेग हुने भाँगाे जुम्लीहरुकाे दैनिकीसँग गाँसिएको छ।
यसकाे डाँठबाट राम्राे डाेरी बन्छ भने राम्रा उद्योग खाेलिएकाे खण्डमा बहुमूल्य कपडा बनाउन सकिन्छ,' उनले भने, 'गाँजा बनाएर युवाहरु बिग्रने स्थितिलाई नियन्त्रण गर्न सकिएकाे खण्डमा भाँगाे खेतीलाई प्रतिबन्ध लगाइराख्नुपर्ने स्थिति आउने थिएन।'
चन्दननाथ गुठीकाे जग्गा भाडामा लिएर व्यावसायिक खेती गरिरहेका कर्णाली प्रदेश खेलकुद समितिका अध्यक्ष तथा किसान सराेज शाहीले आफैँ उम्रेकाे भाँगाेलाई संरक्षण गरिराखेकाे बेला नष्ट गरिदिँदा दुःख लागेकाे बताए।
'अघिल्लो वर्ष मात्र मैले यही ठाउँबाट २० माना भाँगाे सङ्कलन गरी १० हजार बढी आम्दानी गरेकाे थिएँ। केही भाँगाेकाे तेल निकालेर बेचेँ। केही अचार बनाउनकाे लागि भनेर बेचेँ,' उनले भने, 'मेराे आम्दानीकाे अरु क्षेत्र भए पनि यसरी आफैँ उम्रेकाे भाँगाेलाई समाज–भँडुवा उपमा दिएर नष्ट गर्दा दु:ख लागेकाे छ। यसका उपयाेगितालाई ख्याल गर्नुपर्छ भने यसकाे विषयमा थप अध्ययन गरी सत्य कुरा बुझ्न जरुरी छ। नत्र हाम्रा पुर्खाले त्यसै भाँगाे उपयोग गरेनन् हाेला।'
भाँगाे खेती कर्णालीका मान्छेकाे जीवनपद्धति, अर्थतन्त्र र ओैषधिसँग जाेडिएकाे र तेलहनकाे लागि प्रमुख बाली नै भएकाे अवस्थामा परिस्थिति नै नबुझी गाँजा फडानी गर्ने निर्णय अपरिपक्व, आलाेकाँचाे र अविवेकी भएकाे तर्क गर्छन्, लेखक तथा विश्लेषक रामसिंह रावल।
'याेगी नरहरिनाथका अनुसार संसारभरि उम्रेका हरकाेही बाेट–बुट्यानहरुमा मानव जीवनलाई उपयोगी हुने ओैषधीय गुणहरु पाइन्छ। खाेज अध्ययन, अनुसन्धान र प्रयाेग विधिबारे ज्ञान नहुनु समस्या हाे। गाँजा वैदिकशास्त्र अनुसार अनादिकालदेखि नै ओैषधीय गुण भएकाे खाद्य पदार्थ पनि हाे। जुम्लाका लेकका बस्तीहरुमा अहिले पनि महत्त्वपूर्ण तेलहनकाे रुपमा भाँगाे उपयोग गरिन्छ र त्यसकाे खेती समेत गरिन्छ,' उनले भने, 'अहिले तथाकथित पश्चिमाहरुले एउटै बारीमा बहुबाली लगाउने कुरा हामीलाई सिकाइरहेकाे छन्। जुन कुरा हाम्रा पुर्खाहरुले उहिले गरेर देखाएका थिए। एकै बारीमा ताेरी, साइडमा मूला र हजारी फूल लगाउने, बारीकाे डिलमा भाँगाे र मास लगाउने काम उहिलेदेखि नै भएकाे हाे।'
भाँगाे नष्ट गर्नुकाे राजनैतिक र ऐतिहासिक कारण रहेकाे विश्लेषक आहुतिकाे तर्क छ। जंगबहादुर राणाले बेलायत गएकाे बेला आफ्नो सत्ता टिकाउन बेलायतीको सहयोग मागेपछि उनीहरुका हरेक शर्तहरु मान्न तयार भएकाे उनकाे तर्क छ। त्यसैको शृङ्खलामा सन् १८८२/८३ मा चन्द्रशमशेर बेलायत गएकाे बेला बेलायतीको चार–पाँचवटा शर्त मान्ने क्रममा गाँजा प्रतिबन्ध लगाउने काम भएकाे उनी बताउँछन्।
'चन्द्रशमशेरले गाँजा खेती बन्द गरे। अहिले त गाँजालाई धेरै नराम्रो चिज मानिन्छ। त्यतिबेला गाँजा र कागती नेपाली समाजको विशिष्ट औषधि थिए। प्रत्येक घरमा कागतीको बोट र प्रत्येक घरमा गाँजा,' उनी भन्छन्, 'गाँजाको अचार खाए पनि हुन्थ्यो। औषधिको रुपमा ग्यास्ट्रिकमा प्रयोग गरे पनि हुन्थ्यो। मात्नै मन लागे पनि शान्तिपूर्वक मात्ने चिज हो। गाँजा खाएर कोही पनि झगडा गर्दैन। अत्यन्त शालीन प्रकारको माद हो त्यो। त्यसले उत्तेजित बनाउँदैन। त्यो हाम्रो परम्परागत औषधिसँग सम्बन्धित थियो।'
तर, गाँजा बन्द गर्नुमा ठूलाे व्यापारिक स्वार्थ भएकाे र नेपालीहरुकाे गरिबीको सिलसिला पनि त्यहीँबाट सुरु भएको उनकाे अध्ययन छ। उनी थप्छन्, 'किनकि ब्रिटिशले हामीलाई चुरोट बेच्न चाहन्थ्यो। गाँजा बन्द भएको एक महिनापछि नेपालमा सित्तैमा चुरोट बाँड्न थालियो। चुरोटको बानी परेपछि जत्ति पैसा बढाए पनि भयो। त्यहाँबाट हाम्रो पैसा बाहिर गयो। त्यसरी सुरु हुन्छ हाम्रो गरीबीको इतिहास।' (डिस्कोर्स डबलीमा २०७५ पुस १३ गते आयोजित 'इतिहासः किन पढ्ने? कसरी बुझ्ने?' शीर्षकको अन्तर्क्रियामा आहुतिद्वारा व्यक्त विचार।)
लेखक रावलका अनुसार भाँगाेले अन्य बालीलाई एक अर्काेबाट अन्तर आत्मनिर्भर बनाउने र किरा लाग्न नदिने गर्छ। जुन सबैभन्दा वैज्ञानिक पद्धति थियाे। पाठ्यक्रममा राखेर पढाउनुपर्ने कुरालाई नष्ट गर्ने भन्दा आश्चर्य लाग्छ। उनी विश्लेषक आहुतिकाे तर्कमा सही थप्दै भन्छन्, 'बाथ राेगकाे उपचारकाे लागि भाँगाे प्रयाेग हुन्थ्याे। त्यतिबेला भाँङ खाने, लठ्ठ हुने, ट्यापे हुनेहरु थिएनन्। तर अहिले भाँङ खाने, गजेडी हुने व्यापक रुपमा देखिन थालेकाे छ। याे कसरी भयाे? भन्ने कुरामा हामीले कारण खाेतल्न सक्नुपर्छ। त्याे खाेज हाम्राे सरकारी संयन्त्रबाट हुन सकेन। भाँगाे खाएपछि बिग्रन्छ भन्ने तर्क निकै बचपना छ। दिल खाेलेर भन्दा भाँगाेकाे ऐतिहासिकता खाेतल्याे भने सम्पन्नताकाे इतिहास भेटिनेछ।'