मलाला यूसुफजाई भन्छिन्– तालिबान पुनः काबुल छिर्दा, पुरानाे सत्ता याद आइरहेकाे छ

GETTY IMAGES
GETTY IMAGES

'अफगानिस्तानमा तालिबान पुनःसत्तामा आएपछि निकै गाह्रो रूपमा हासिल गरिएको स्वतन्त्रताका लागि खतरा हो, विशेषगरी महिला र युवतीको स्वतन्त्रताका लागि', उक्त भनाइ हो नोबेल पुरस्कार विजेता मलाला यूसुफजाईको।

नाैँ–वर्षअघि पाकिस्तानकी मलालाले जब स्कूलको शिक्षा छोड्नका लागि तालिबानको आदेश मान्न अस्वीकार गरेकी थिइन्, तब उनीमाथि हमला भएकाे थियाे। उनको टाउकोमा गोली हानिएको थियो।

मलाला अफगानिस्तानकाे पछिल्लाे अवस्था देखेर असाध्यै चिन्तित छिन्। उनी हमलाबाट बचिन् र महिला तथा युवतीको सुरक्षाको बारेमा वकालत गर्दैआइरहेकी छिन्।

अफगानिस्तानकाे परिवर्तित सन्दर्भमा मलाला भन्छिन्– तालिबान पुनः काबुलकाे सत्तामा बसिरहँदा सन् १९९६ देखि २००१ सम्मकाे पूरानाे सत्ता याद आइरहेकाे छ। अफगानिस्तानको स्थितिबारे उनले भन्छिन्, 'मानिसहरू चिन्तित छन्। युवतीहरू स्कूल जान पाउने हो कि होइन भनेर तनाव लिइहरेका छ। अनेकौं रिपोटहरूमा देखिरहेका छौं कि युवतीहरूलाई विश्वविद्यालयबाट फिर्ता पठाइएको छ।'

मलालाले बताएअनुसार प्रायःजसाे १२–१५ वर्षको उमेरमै विवाह गर्नका लागि बाध्य गरिएको छ। यसअघि तालिबान सत्तामा थिए, तब महिलाविरुद्ध अत्याचार, कठोर दण्डजस्ता अनेकौं घटनाहरू सार्वजनिक भएका थिए। मलाला भन्छिन्, 'पछिल्ला वर्षहरूमा महिलाको सक्रियता र सहभागीताले तालिबानमाथि निकै दबाब पारेको छ। हेराैँ, तालिबान कस्ताे नीति बनाउँछ।'

उबेला युवतीमाथि स्कूल जान प्रतिबन्ध लगाइयो, तर यसपल्ट तालिबानका नेताले आश्वासन दिएका छन् कि नयाँ शासन पहिलाको तुलनामा भिन्न हुनेछ।

प्रकाशित मिति: : 2021-08-22 10:46:00

प्रतिकृया दिनुहोस्