दुई हजार ७५ नयाँ संक्रमित थपिए, एकैदिन ३० जनाकाे मृत्यु

File photo
File photo

बितेकाे २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ।

थप सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पिसिआर विधिबाट एक हजार ४२४ तथा एन्टिजेनबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म छ लाख ९५ हजार ९२५ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई  हजार ३८२ सङ्क्रमित निको भएर घर फर्किएका छन्। निको हुने दर ९३ दशमलव तीन प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ।

बितेका २४ घण्टमा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७१८ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

उपत्यकामा ६६७ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६६७ सङ्क्रमित थपिएका छन्। काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ।

कोरोनाबाट थप ३० सङ्क्रमितको मृत्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३० सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट २६ जनाको ज्यान गएको थियो।    

प्रकाशित मिति: : 2021-08-21 18:00:00

प्रतिकृया दिनुहोस्