थप ३०४२ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा थप २ हजार २४४ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-08-20 16:45:00

प्रतिकृया दिनुहोस्