भूपू गोर्खाहरूकाे अनसन तोडियो, मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार

फाेटाे: लण्डन नेपाल न्युज
फाेटाे: लण्डन नेपाल न्युज

समानताको माग गर्दै लन्डनमा आमरण अनसन बसिरहेका भूतपूर्व गोर्खाले १३ औं दिनमा अनसनको तोडेका छन्। भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएपछि उनीहरूले असनस ताेड्न सहमत भएका हुन्।

पटक– पटक आग्रह गर्दा पनि माग सम्बाेधन नभएकाे भन्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए। बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगे दीर्घकालीन समाधान खोज्न द्वीपक्षीय कमिटी बनाउन प्रतिवद्धता जनाएका छन्। वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्नेछ।

रक्षा राज्यमन्त्री लियो, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर अनसनरत गोर्खालाई  जुस पिलाएर अनसन तोडाएका थिए।

गत १९ जुलाईमा नेपाली दूतावास लण्डनमा विभिन्न गोर्खाका हितमा काम गरिरहेका संस्थाका नेतृत्व, प्रतिनिधि र नेपाली दूतावास युकेको संयुक्त बैठक बसेको थियो। जुन बैठकले आमरण अनशनकाे घोषणा गरेकाे थियाे। 

 

प्रकाशित मिति: : 2021-08-20 05:50:00

प्रतिकृया दिनुहोस्