नाइजरमा भएको आक्रमणमा ३७ जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

नाइजरमा भएको आक्रमणको घटनामा ३७ जनाको मृत्यु भएको छ । 

मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन्। घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरुले बताएका छन्। 

बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ। युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ। 

तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ। यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको जनाइएको छ। 

युनिसेफलगायत अन्य विभिन्न निकायहरुले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन्। 

विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ। 

उनीहरुले अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतको ख्याल गर्न पनि आक्रमणकारीहरुलाई आग्रह गरेका छन्। 

'बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ' युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ। 

प्रकाशित मिति: : 2021-08-19 19:23:00

प्रतिकृया दिनुहोस्