३०७५ जना कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु   

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा थप २ हजार १२६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको  छ।

त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-19 16:55:00

प्रतिकृया दिनुहोस्