कास्कीमा फेरि जोरबिजोर प्रणाली

Photo - fai.org

पोखरा। कास्कीमा फेरि जोरबिजोर प्रणाली लागू गरिएको छ।

भदौ ३ गते राती १२ बजेदेखि लागू हुने गरि १० गते राती १२ बजेसम्मका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी सूचना अनुसार सार्वजनिक तथा नीजि सवारीमा जोर बिजोर प्रणाली लागू हुने छ। तर, अन्य एम्बुलेन्स, खाद्यान्न, स्वास्थ्यकर्मीका सवारीमा भने यो नियम लागू हुने छैन।

संक्रमणको दर बढ्न थालेपछि प्रशासनले नियममा केही हेरफेर गरेको छ। बाँकी नियम भने यथावत नै छन्।

प्रकाशित मिति: : 2021-08-18 22:30:00

प्रतिकृया दिनुहोस्