उता अफगानिस्तान, यता नेपाल

हिमाल खबर

काठमाडौँ

पठान र गोर्खालीले बलभद्र कुँवरको वेलादेखि नै एक–आपसलाई तारोमा राख्दै आएका छन्। तालिबानको जित पश्चात् सार्क अध्यक्ष रहेको नेपालले मित्रताको हात अगाडि बढाउनुको विकल्प छैन।

नेपाल–अफगानिस्तान सम्बन्धको इतिहास या वर्तमान त्यति गहिरो र विविध त होइन, तर जति छ चाखलाग्दो छ। विदेशी हैकमलाई टिक्नै नदिने ‘स्वभाव’ को अफगानिस्तानसँग नेपालले पनि सम्बन्ध राख्ने भएकाले उक्त मुलुक दोस्रो पटक पूर्ण तालिबानको कब्जामा गएको सन्दर्भमा दुई देश–समाजबीचको जम्काभेटहरूबाट प्रसंग उप्काउनु उपयुक्त हुन्छ।

हिमालय श्रृंखलाको मध्यभागमा रहेको नेपाल तथा हिन्दूकुश श्रृंखलाको पश्चिमपट्टि फैलिएको अफगानिस्तानबीच धेरै ऐतिहासिक सम्पर्क हुने कुरा भएन। नेपाल राज्यले आफ्नो विस्तार पहाडैपहाड गर्न खोज्दा पनि हिमाचलको सतलज नदी पार गर्न नसकेको हो।

घुमाउरो पाराले अफगानिस्तानको प्रभाव नेपालमा पर्‍यो, यस अर्थमा कि ऐतिहासिककालीन आर्यदेखि मुगलसम्म भारतवर्षमा बसाइँसराइ गर्ने वा हमला गर्नेको बाटो आजको अफगानिस्तानबाट सिन्धु मैदान तथा गंगा–जमुना दोआबतर्फ झर्ने रह्यो।

प्रकाशित मिति: : 2021-08-17 20:39:00

प्रतिकृया दिनुहोस्