नेपालमा किन अपेक्षाकृत रूपमा घटेन कोभिड–१९ संक्रमण ?

एक महिनामा ७२ हजार संक्रमित, ८०० भन्दा बढीको मृत्यु, 'खोप लगाउनु नै संक्रमणबाट बच्नु होइन'

बाह्रखरी

काठमाडौं

काठमाडौं । नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण उच्च भएयता केही समय संक्रमण दर स्थिर रह्यो । तर, निषेधाज्ञा खुकुलो भएसँगै दैनिक थपिने संक्रमितको  संख्या बढ्दै गएको छ ।

विशेषगरी असारयता नेपालमा कोभिड संक्रमितको संख्या निरन्तर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । छिमेकी मुलुक भारतमा संक्रमण नियन्त्रण हुँदै जाँदा नेपालमा भने झन फैलिनुलाई विज्ञहरूले सरकार र नागरिकस्तर दुवै पक्षबाट भएको लापरबाहीको परिणामको रूपमा व्याख्या गरेका छन् ।

एक महिनामा ७२ हजार संक्रमित, ८०० भन्दा बढीको मृत्यु

नेपालमा ०७८ को साउन महिनामा मात्रै ७२ हजारभन्दा बढी कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । असार मसान्तसम्म ६ लाख ६२ हजार ५७० रहेको कोभिड संक्रमितको संख्या साउन ३२ आइपुग्दा ७ लाख ३४ हजार ८३८ पुगेको छ ।

यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम छ । एक महिनामा ५८ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् । जबकि, थपिने संक्रमितको संख्या ७२ हजार २६८ छ । संक्रमणमुक्त हुनेको संख्या घट्दै जाँदा सक्रिय संक्रमित बढेका छन् । साउन ३२ गतेसम्म नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।

प्रकाशित मिति: : 2021-08-17 16:09:00

प्रतिकृया दिनुहोस्