थप ३४५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ६११ परीक्षणमा ३ हजार ४५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या छ लाख ८५ हजार १४० जना पुगेको छ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३७१ जना रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार ३२७ पुगेको छ।  

प्रकाशित मिति: : 2021-08-16 16:53:00

प्रतिकृया दिनुहोस्