अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आफ्नानिकट सहयोगीहरूसहित देश छाडेका छन्।
राजधानी काबुलमा विद्रोही समूह तालिबान छिरेपछि राष्ट्रपति घानीले अफगानिस्तान छाड्ने निर्णय लिएको टोलो न्यूजले जनाएको छ। कट्टरपन्थी समूह तालिबानले अफगानिस्तानका अधिकांश शहर र प्रान्त कब्जा गरी आफ्नो प्रभुत्व स्थापित गरिसकेको छ।
काबुल मात्र तालिबानको पहुँच बाहिर रहेपनि विद्रोही समूहले चारैतिरबाट नियन्त्रण गरिरहेको गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई जनाएका छन्।
राष्ट्रपति घानीले देशको संकट समाधान गर्ने अधिकार राजनीतिक नेताहरुलाई सुम्पिएको कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले जनाएका छन्। उनले भने, ‘एक प्रतिनिधिमण्डल देशको बिग्रँदो राजनीतिक अवस्थाबारे वार्ताको लागी सोमबार दोहाको यात्रा तय गरेको छ।’
तालिबान लडाकुहरुले जलालाबाद र मजार–ए–शरीफ जस्ता शहरहरू कब्जा गरिसकेको छ। राष्ट्रपतिले पछिल्लो अफगानकाे पछिल्लाे अवस्थाबारे टिप्पणी गरेका छैनन्। तालिबाननिकट स्रोतका अनुसार घानीले राजनीतिक सम्झौतापछि राजीनामा गरी सत्ता हस्तान्तरण गर्नेछन्। उनी राजधानी छाडेर काजिकिस्तान पुगेको जनाइएको छ।
अफगानिस्तानको अवस्था भयावह बन्दै गएको छ।
विद्रोही संगठन तालिबानले राजधानी तथा देशको मुख्य शहर काबुल कब्जा गर्ने उद्धेश्यसहित विभिन्न आतंकवादी गतिविधिहरु तिव्र रुपमा बढाउदै आएको छ।
पछिल्लो १० दिनयता मात्रै तालिबानले विभिन्न ८ वटा मुख्य शहर कब्जा गरिसकेको छ। त्यस्तै आज (आइतबार) पनि जलालावाद शहर कब्जा गर्दै तालिबान काबुल क्षेत्रमा प्रवेश गरेको छ।
काबुल क्षेत्रमा तालिबानको प्रवेशसँगै यहाँको वातावरण निकै त्रासपूर्ण बन्दै गइरहेको हाे। सर्वसाधारण डराएर बाँच्न बाध्य भएका छन्। विभिन्न देशहरुले यहाँ रहेका आफ्ना नागरिकहरुको हेलिकप्टरमार्फत उद्धार गरिरहेका छन्।
आफ्ना नागरिक बचाउन अमेरिकाले झन् थप पाँच हजार सेना यहाँ पठाएको छ।
तालिबानले पनि एक विज्ञप्ति जारी गरेर विदेशीहरुलाई आफ्नो देश फर्कन दिने बताउँदै आएको छ। साथै उसले सरकारी सेनालाई घर फर्किन दिने, विमानस्थल तथा अस्पतालसहित अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ।
देश खतरामा परेपछि यतिबेला राष्ट्रपति अर्सफ घानीले विभिन्न देशका दूतहरुसँग सहयोगको लागि वार्ता गरिरहेको बताइएको छ। घानीले शनिबार पनि एक विज्ञप्ति जारी गर्दै देश संकटमा परेको संकेत गरेका थिए।
त्यस्तै गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले पनि सर्वसाधारणलाई नआत्तिएर धैर्य गर्न आग्रह गरेका छन्। उनले कुनै हिंसाबिना नै समस्याको समाधान हुने विश्वास पनि दिलाए। शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणलागि वार्ता भइरहेको जानकारी दिदै मिर्जाक्वानले आफूहरुले कुनै युद्ध, रक्तपात, हिंसा नचाहेको बताएका छन्।
अफगानिस्तानको आपतकालीन अवस्थाले यो पुष्टी गर्छ कि सरकार देशमा कुनै युद्ध निम्त्याउन चाहदैन। यहाँको सरकारले चाहन्छ कि युद्धमा कुनै निर्दोष नागरिकले ज्यान गुमाउन परोस्।
यस्ता विभिन्न संवेदनशील कारणहरुले गर्दा नै यहाँको सरकार तालिबानलाई नचाहदो शक्ति हस्तान्तरण गर्दै घुँडा टेक्न बाध्य बनेको छ।
त्यसो त तालिबानले पनि जितको उत्सवमा आफ्ना लडाकुहरुलाई कुनै गोलाबारीको गतिविधि गर्न नदिने घोषणा गरेकाे छ।
अफगानिस्तानको मुख्य शहर काबुलमा तालिबान प्रवेश गरेको समाचार बाहिरिएसँगै यतिबेला देशभर सर्वसाधारण त्रासमा बाँचेका छन्।
आफ्नो जितको अवसरमा लडाकुहरुलाई कुनै पनि गोलाबारीको गतिविधि गर्न नदिने र काबुलको गेटमै रहन निर्देशन दिएको तालिबानले बताएको छ।
साथै आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई पनि फर्किन दिने तालिबानको भनाइ छ। अफगानिस्तानमै बस्न चाहने विदेशी नागरिकले प्रशासनमा दर्ता गराउन तालिबानले आग्रह गरेको छ।
एक विज्ञप्ति जारी गर्दै तालिबानले सरकारी सेनालाई घर फर्किन दिने र विमानस्थल तथा अस्पतालसहित अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि बताएको छ।
यससँगै विभिन्न देशहरुले यहाँ रहेका आफ्ना नागरिकहरुको उद्धार गरिरहेका छन्। अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न थप पाँच हजार सेना त्यसतर्फ पठाएको छ। काबुलस्थित क्यानडा दूतवासमा काम गर्दै आएका १११ जना नेपालीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
अफगानिस्तानका विभिन्न शहर कब्जा गर्दै राजधानी काबुलमा विद्रोही संगठन तालिबान प्रवेश गरेको समाचार बाहिरिएपछि अहिले यहाँ चारैतिर त्रास फैलिएको छ।
अफगानिस्तानमा काम गर्दै आएका विभिन्न विदेशीहरुलाई आ-आफ्ना देशले उद्धार गरिरहेका छन्।
यसैबीच काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई पनि सुरक्षित स्थानमा सारिएको छ। दूतावासको कार्यालय भने दुई दिनअघि नै बन्द भएको थियो।