अन्ततः अफगानिस्तान सरकारले तालिबानकाे अगाडि घुँडा टेक्दै !

अफगानिस्तानको अवस्था भयावह बन्दै गएको छ।

विद्रोही संगठन तालिबानले राजधानी तथा देशको मुख्य शहर काबुल कब्जा गर्ने उद्धेश्यसहित विभिन्न आतंकवादी गतिविधिहरु तिव्र रुपमा बढाउदै आएको छ।

पछिल्लो १० दिनयता मात्रै तालिबानले विभिन्न ८ वटा मुख्य शहर कब्जा गरिसकेको छ। त्यस्तै आज (आइतबार) पनि जलालावाद शहर कब्जा गर्दै तालिबान काबुल क्षेत्रमा प्रवेश गरेको छ।

काबुल क्षेत्रमा तालिबानको प्रवेशसँगै यहाँको वातावरण निकै त्रासपूर्ण बन्दै गइरहेको हाे। सर्वसाधारण डराएर बाँच्न बाध्य भएका छन्। विभिन्न देशहरुले यहाँ रहेका आफ्ना नागरिकहरुको हेलिकप्टरमार्फत उद्धार गरिरहेका छन्।

आफ्ना नागरिक बचाउन अमेरिकाले झन् थप पाँच हजार सेना यहाँ पठाएको छ।

तालिबानले पनि एक विज्ञप्ति जारी गरेर विदेशीहरुलाई आफ्नो देश फर्कन दिने बताउँदै आएको छ। साथै उसले सरकारी सेनालाई घर फर्किन दिने, विमानस्थल तथा अस्पतालसहित अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ।

देश खतरामा परेपछि यतिबेला राष्ट्रपति अर्सफ घानीले विभिन्न देशका दूतहरुसँग सहयोगको लागि वार्ता गरिरहेको बताइएको छ। घानीले शनिबार पनि एक विज्ञप्ति जारी गर्दै देश संकटमा परेको संकेत गरेका थिए।

त्यस्तै गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले पनि सर्वसाधारणलाई नआत्तिएर धैर्य गर्न आग्रह गरेका छन्। उनले कुनै हिंसाबिना नै समस्याको समाधान हुने विश्वास पनि दिलाए। शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणलागि वार्ता भइरहेको जानकारी दिदै मिर्जाक्वानले आफूहरुले कुनै युद्ध, रक्तपात, हिंसा नचाहेको बताएका छन्।

अफगानिस्तानको आपतकालीन अवस्थाले यो पुष्टी गर्छ कि सरकार देशमा कुनै युद्ध निम्त्याउन चाहदैन। यहाँको सरकारले चाहन्छ कि युद्धमा कुनै निर्दोष नागरिकले ज्यान गुमाउन परोस्।

यस्ता विभिन्न संवेदनशील कारणहरुले गर्दा नै यहाँको सरकार तालिबानलाई नचाहदो शक्ति हस्तान्तरण गर्दै घुँडा टेक्न बाध्य बनेको छ।

त्यसो त तालिबानले पनि जितको उत्सवमा आफ्ना लडाकुहरुलाई कुनै गोलाबारीको गतिविधि गर्न नदिने घोषणा गरेकाे छ। 


तालिबानले भन्याे- विदेशीलाई फर्किन दिन्छाैँ

अफगानिस्तानको मुख्य शहर काबुलमा तालिबान प्रवेश गरेको समाचार बाहिरिएसँगै यतिबेला देशभर सर्वसाधारण त्रासमा बाँचेका छन्।

आफ्नो जितको अवसरमा लडाकुहरुलाई कुनै पनि गोलाबारीको गतिविधि गर्न नदिने र काबुलको गेटमै रहन निर्देशन दिएको तालिबानले बताएको छ।

साथै आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई पनि फर्किन दिने तालिबानको भनाइ छ। अफगानिस्तानमै बस्न चाहने विदेशी नागरिकले प्रशासनमा दर्ता गराउन तालिबानले आग्रह गरेको छ। 

एक विज्ञप्ति जारी गर्दै तालिबानले सरकारी सेनालाई घर फर्किन दिने र विमानस्थल तथा अस्पतालसहित अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि बताएको छ।

यससँगै विभिन्न देशहरुले यहाँ रहेका आफ्ना नागरिकहरुको उद्धार गरिरहेका छन्। अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न थप पाँच हजार सेना त्यसतर्फ पठाएको छ। काबुलस्थित क्यानडा दूतवासमा काम गर्दै आएका १११ जना नेपालीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।


अफगानिस्तानः १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारियाे

अफगानिस्तानका विभिन्न शहर कब्जा गर्दै राजधानी काबुलमा विद्रोही संगठन तालिबान प्रवेश गरेको समाचार बाहिरिएपछि अहिले यहाँ चारैतिर त्रास फैलिएको छ।

अफगानिस्तानमा काम गर्दै आएका विभिन्न विदेशीहरुलाई आ-आफ्ना देशले उद्धार गरिरहेका छन्।

यसैबीच काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई पनि सुरक्षित स्थानमा सारिएको छ। दूतावासको कार्यालय भने दुई दिनअघि नै बन्द भएको थियो। 


तालिबान काबुल छिरेपछि राष्ट्रपतिले बाेलाए आकस्मिक बैठक

काबुलमा तालिबानका लडाकु छिरेसँगै अफगानिस्तानका राष्ट्रपति असर्प घानीले आकस्मिक बैठक बोलाएका छन्।

घानीले हिजो (शनिबार) एक वक्तव्य जारी गर्दै मुलुक खतरामा रहेको संकेत गरेका थिए। अहिले उनले विभिन्न देशका दूतहरुसँग सहयोग र समन्वयको लागि वार्ता गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

काबुल क्षेत्रमा तालिबान प्रवेश गरेसँगै यतिबेला देशभर त्रास फैलिएको छ। अमेरिकाले आफ्ना नागरिक र दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरबाट उद्धार गरिरहेको छ।

प्रकाशित मिति: : 2021-08-15 20:41:00

प्रतिकृया दिनुहोस्