६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ।
रोल्पा जिल्लाकाे रुन्टीगढी गाउँपालिका–४ बस्दै आएका ४० वर्षीय टीकाराम सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ।
पीडित बालिकाका आफन्तको उजुरीका आधारमा प्रहरीले सुनारलाई शुक्रबार पक्राउ गरेको हो।
सुनारले ती बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको पीडित परिवारका सदस्यले बताएका छन्।
पक्राउ परेका ती युवालाई प्रहरी थुनामा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।