नेताहरुले सधैं सत्ताको भूमरीमा एजेन्डा बिसाउने काम गरे : वृषेशचन्द्र लाल [अन्तर्वार्ता]

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएपछि महन्थ ठाकुरसहित उनीपक्षीय १६ केन्द्रीय कार्यकारिणी सदस्यहरू साधारण सदस्यको हैसियतमा झरिसकेका छन्। जसपामै बस्ने वा नयाँ पार्टी दर्ता गरेर अगाडि बढ्नेमा महन्थ पक्ष अलमलमा देखिन्छ अहिले। अगाडि बढ्ने विकल्पबारे आन्तरिक बहस भइरहेकै बेला महन्थका विश्वासपात्र मानिने तत्कालीन तमलोपाका वृषेशचन्द्र लालसहितका कतिपय संस्थापक नेताहरू असन्तुष्ट बनेका छन्, खास गरेर पार्टी सञ्चालनको विधि र प्रक्रियालगायतका विषयलाई लिएर। महन्थ पक्षमा देखिएको विचलन, नेताहरूको असन्तुष्टिलगायतका विषयमा आयोमेलले नेता लालसँग गरेको कुराकानी :

तमलोपा हुँदै राजपा र त्यसपछि जसपा बन्नुभयो। पछिल्लो समय जसपाबाट तपाईंहरूको केन्द्रीय कार्यकारिणी समितिको पद खोसिसकिएको छ। अहिले कुन पार्टीमा हुनुहुन्छ?
हामी त जसपामै छौं। जसपामा आधिकारिकताको विवाद भयो। आधिकारिकतासम्बन्धी विवाद हुँदा के–को आधिकारिकता भन्ने विषय मुख्य थियो। उपेन्द्र यादवजीले भन्नुभयो–५१ सदस्यीय कमिटी छ। त्यसपछि कार्यकारिणी समितिले अधिकार दिएको हुनाले परिमार्जित गरिएको भनेर महन्थ ठाकुरजीले ५१ सदस्यीय भन्नुभयो। यसो हेर्दा कुन कमिटी आधिकारिक हो भन्ने विवाद हुनुपर्ने। त्यो त ‘हेडकाउन्ट’ अघि नै टुंगिइसकेको विषय थियो। निर्वाचन आयोगले ५१ सदस्यको अभिलेख आफूसँग भएअनुसार त्यसकै ‘हेडकाउन्ट’ गर्ने भनेर सूची प्रकाशन गर्‍यो। उपेन्द्रजी र महन्थजी दुवै जनाले त्यसलाई मान्नु भएकै हो। ५१ सदस्यीय कमिटी नै आधिकारिक हो भनेर निर्वाचन आयोगले भन्नु पर्नेमा ‘हेडकाउन्ट’ गर्न लगायो। र, उपेन्द्र यादव समूहलाई आधिकारिकता दिइयो भनेर भनियो। बुझ्नै नसकिने कुरा थियो।

उपेन्द्र यादव समूह छुट्टै त थिएन। उहाँ त ५१ सदस्यीय कमिटीमा हुनुहुन्थ्यो, जसको दुई जना अध्यक्ष छन्। निर्वाचन आयोगले कानुनसम्मत काम गरेजस्तो मलाई लाग्दैन। जुन दफाअन्तर्गत आयोगले आधिकारिकता प्रदान गरेको हो, त्यो दफा ४४ को उपदफा (६) मा बहुमत हुने पक्षलाई आधिकारिकता र अर्को पक्षलाई नयाँ पार्टीको मान्यता दिने भनिएको छ।

प्रकाशित मिति: : 2021-08-13 19:30:00

प्रतिकृया दिनुहोस्