लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन्।
मुख्यमन्त्री केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी आजै मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले अहिले केही बेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन्। उनीसँगै अरू ६ जनाले मन्त्रीले शपथ लिँदै छन्।
कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बन्ने भएका छन्।